
पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा सञ्चालित अप्रिलको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । उनको लगातार यो तेस्रो उपाधि हो ।
मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा उनले ६८ को कार्ड बनाए । इन्स्पेटक्टर जीवराम गुरुङले भने ६९ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए । तेस्रो स्थानमा भने क्याप्टेन लालबहादुर गुरुङ आए । उनले ७२ को कार्ड बनाएका थिए ।

ग्रस तर्फृको उपाधि भने ७३ स्कोरको कार्ड बनाएका प्रज्वल गुरुङले पाए । लामो दुरी हिर्काउँदै क्याप्टेन बद्री राईले पुरस्कार प्राप्त गरे । इन्स्पेक्टर जीवारामले भने नियरेष्ट टु दि पीनको पुरस्कार प्राप्त गरे । विजेता गल्फरलाई लेफ्निेन्ट कर्णेल राजेश गुरुङ, मेजर विजय मोक्तान र मेजर डा. अश्विन लगायतले पुरस्कार प्रदान गरेका थिए । खेल स्ट्रोक प्लेमा खेलाईएको थियो ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…