
पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हिमश्री फुडले सहयोग गरेको छ ।
हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो ।
त्यसैगरि भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको छ । सोमबार भूपू खेलाडी संघ पोखराका अध्यक्ष मोतीप्रसाद गुरुङलगाएतका पदाधिकारी मञ्चको कार्यालय आई सहयोग प्रदान गरेका हुन् । त्यसैगरि मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपानेले १५ हजार र फिट नेपालका प्रमुख भुगोल गुरुङले १० हजार सहयोग गरेका छन् ।
यस्तै द यात्रा कर्टयार्ड होटल लेडसाइडबाट सहयोगको प्रतिवद्धता होटलका सञ्चालक रामचन्द्र बहादुर भट्टराईले गरेका छन् । त्यस्तै ड्यामसाइडको होटल मुस्ताङ लेते थकाली किचनले सहयोगको प्रतिवद्धता जनाएको छभने इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङ्क रहेका मञ्चले जनाएको छ ।
नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, दर्शन लामा, सोल्टी पिउने पानी र यती एयरलाईन्सलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…