
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पार्यो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिदाँ आयुष पनेरु २० रन मात्रै जोडे । व्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिदाँ हिमालयनले विशाल योगफल बनायो । लजिन पुर्जाले भने १३ रन बनाए । हिमान्त चापागाँईले ३ र समीरजंग भण्डारीले पनि ३ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याएको हावर्ड भने केवल ३६ रनमा समेटियो । हावर्डका व्याटरले दोहोरो अंकको रन छुन सकेनन् । सर्वाधिक रन हिमान्त चापागाँईले सर्वाधिक ९ रन बनाए । अतिरिक्त रन पनि २१ जोडिएपनि सामान्य योगफलमा समेटियो ।सफल थापाले, सुदर्शन कोईराला र संयोग शर्माले समान तीन तीन विकेट लिए । खेलमा सफल थापा प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी अर्को खेलमा जनप्रिय स्कुलले कुमुदिनीहोम्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले ६६ रन बनायो । ४६ रन अतिरिक्त थपिदाँ केवल व्याटरको व्याटबाट २० रन मात्रै बन्यो । सर्वाधिक रन भने सन्जित कुवँरले बनाउने क्रममा १२ रनमा आउट भए । सम्राट रावतले २ विकेट लिए ।
झिनो लक्ष्य पछ्याएको जनप्रियले केवल ३ विकेटको क्षतिमा ५.२ ओभरमा पुरा गर्यो । सन्देश तामाङले २१ बल खेल्दै ३० रनमा अविजित खेले । त्यस्तै मौसम भट्टराईले १२ रनको योगदान दिए । सन्जित कुँवरले २ विकेट लिए । सन्देश तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…