
पोखरा-नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् ।
पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।
महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद ९साग० खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।

अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् । २०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।
पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला÷ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।
त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्चका सचिव एवं अवार्ड कार्यक्रमका प्रचारप्रसार संयोजक राजु गिरीले बताए ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥योभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुद मन्त्री बिन्दु कुमार थापाले स्वास्थ्य रहनको लागि खेलकुदको ठुलो महत्व रहेको बताए । साथै पर्यटन प्रवर्धनका लागि पनि खेलकुदको योगदान रहेको उनको भनाई थियो ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेल र खेलाडीका लागि गरिने यस्ता कार्यक्रमलाई सहकार्य गर्न तयार रहेको बताए । साथै खेलाडीको राष्ट्रप्रतिको योगदानलाई सम्मान व्यक्त गरे । त्यसैगरि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राज्यले आयोजना गर्नुपर्ने कार्य मञ्चले गरेको हुँदा निकै सह्रानिय कार्य भएको बताए । यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…