
पोखरा-अण्डर १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता पोखरा मंगलबारदेखि शुरु भयो । बुधबार भने नियमित पानीले क्रिकेट मैदानको पीच ओसिलो हुदाँ पीच भन्दा बाहिर म्याट राखेर खेलाउनुपर्ने बाध्यता सृजना भएको छ । क्रिकेट मैदानमा ६ वटा पीच छन् । पीच छोप्ने प्लाष्टिकको कभर छ । तर पर्याप्त छैन् । पीच राम्ररी छोपिदैंन् । पीच कभर पर्याप्त नहुदाँ पानी पर्दा क्रिकेट पीचसहित ओसिलो हुदाँ बुधबार तनहुँ र बाग्लुङ बीचको खेल पीच भन्दा बाहिर आउटफिल्डमा म्याट ओछ्याएर खेलाईयो । प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, नेपाल क्रिकेट संघका पुर्व सदस्य ऋषिराम गौतम तथा दुवै जिल्लाका टिम कप्तान र व्यवस्थापक बीच छलफल गरेर खेलाईएको थियो ।
पोखरा क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको भन्दै चर्चा गरिन्छ । तर बिडम्बना पीच कभरकै अभावले खेल आउटफिल्डमा म्याट राखेर खेलाउनुपर्ने बाध्यता छ । ‘पीच कभर छ । तर पर्याप्त छैन् । पीच कभर भन्दा केही पर बलर दौडिने ठाँउ हिलाम्मे छ । बलरलाई बलिङमा समस्या हुने भएपछि खेललाई आउटफिल्डमा म्याट राखेर खेलाउनुको विकल्प रहेन् ।’ पोखरा क्रिकेट मैदानका पीच क्युरेटर प्रदीप राउत सुनाउँछन् । पीच कभर पर्याप्त नहुदाँ समस्या छ । उनले पीचसहित ३० यार्डसम्म छोप्ने कभर चाहिने बताए ।

पानी पर्दा आउटफिल्डमा समस्या हुदैन् । पानी जम्ने समस्या छैन् । तर स्टम्प वरिपरी पानीले भिज्दा चिप्लो र ओसिलो हुदाँ बलरलाई समस्या हुने गरेको छ । पोखरालाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सामान्य पूर्वाधारले पनि ठूलै अर्थ राख्ने गरेको छ । त्यसो त आउटफिल्ड पनि त्यति राम्रो छैन् । दबेको र उठेको भागले खेलाडीहरुलाई दुर्घटना निम्त्याउने गरेको छ । क्रिकेटरको खुट्टा भाँचिएको इतिहास छ । पीच र मैदान बनाउने तर्फ कास्की जिल्ला क्रिकेट संघले खासै ध्यान दिन सकेको देखिदैन् ।
यो गण्डकी प्रदेशको यो नै एकमात्र क्रिकेट मैदान हो । स्थानीय, प्रदेश र संघीय सरकारले पनि मर्मत सम्भारको लागि हेरेनन् । प्रतियोगिताको लागि मात्रै पोखराको मैदान माग्न आउँछन् तर क्रिकेट मैदान मर्मत सम्भारको लागि कसैले चासो नदिएको नेपाल क्रिकेट संघका पूर्व सदस्य ऋषिराम गौतमले बताए । ‘पीच कभर छैन् । आउट फिल्ड लेभलिङ छैन् । मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छ तर तीन तहको सरकारबाट सहयोग भने कत्तिपनि पाईएन् ।’ उनले भने ।

गण्डकी प्रदेश सरकारले बैकल्पिक क्रिकेट मैदानको लागि आवश्यक अध्ययन गर्दै आएको छ । शुक्ला गण्डकीमा आवश्यक ठाँउ हेरेर फर्कियो । तर जग्गा विवाद देखिएपछि काम अगाडि बढेन् । बैकल्पिक मैदानको लागि अघिल्लो वर्ष ४० लाख रुपैयाँ छुट्टाईको थियो । यो वर्षपनि ४० लाख रुपैयाँ बजेट थियो । जग्गा विवादकै कारण नहुने भएपछि त्यो ४० लाख रुपैयाँ पोखरा रंगशाला क्रिकेट मैदानमा मर्मत सम्भारको लागि खर्च गर्न माग गरेपनि सुनुवाई नभएको उनको भनाई थियो । ‘तीन तहको सरकार छ । सन २०२७ मा उमेर समूहको विश्वकप नेपालमा हुदैं छ । त्यसको लागि पोखरा रंगशाला क्रिकेट मैदानमा पनि सम्भावित आयोजनास्थल हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर मैदान बनाउने आवश्यक सहयोग भने सरकारबाट हुनै सकेको अवस्था छैन् ।’ उनको दुखेसो थियो । उनका अनुसार वर्षमा नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ मर्मत सम्भारको रुपमा दिने भएपनि अपुग छ ।
क्रिकेटको विकासमा स्थानीय र प्रदेश सरकारले चासो नै नदिएको गुनासो कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन् । ‘संघको बलबुतामा जति गरियो गरियो । प्रदेश र स्थानीय तहबाट कुनै सहयोग पाईएन् ।’ उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदकै लगानीमा यतिबेला पभेलियन ब्लक निर्माणाधिन अवस्थामा छ । यो ब्लक निर्माणभएपनि केही राहत भने हुने छ । तर मैदानको मर्मत सम्भार नहुदाँसम्म समस्या भने उस्तै हुने क्रिकेटप्रेमी बताउँछन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…