
पोखरा-पोखरामा एकपछि अर्को राष्ट्रियस्तरका प्रतियोगिता आयोजना भईरहेका छन् । नवौं पिएम कप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सकिएको एकसातापछि पोखराको बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुदैं छ ।नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सातौं राष्ट्रिय इण्डोर च्याम्पियनसिप यही जेठ २३ र २४ गते हुदैं छ ।
तीन इभेण्टमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो । रिकर्भ ओपन पुरुष, कम्पाउण्ड महिला तथा पुरुष र स्टाण्डर्ड पुरुष महिलाको प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । ती विधामा व्यक्तिगत, टिम र मिक्स टिमको हुने छ तर टिम र मिक्स टिममा कम्तिमा चार प्रदेश वा विभागीय कलबको सहभागिता हुनपर्ने छ । १८ मिटरको इण्डोर प्रतिस्पर्धामा एकल तर्फ ४ जना र टिम तर्फ ४ टिम नपुगेमा उक्त बिधाको खेल रद्द हुने छ ।
आयोजक टिम बाहेक अन्य प्रदेश वा बिभागियबाट हरेक बिधामा एक एक टिमले मात्र सहभागिता जनाउने पाउने प्रावधान छ । टिममा ४ जना मात्र हुनेछ । मिक्स टिममा एक महिला र एक पुरुष गरि २ जना मात्र हुनेछ ।
प्राप्त अकंको आधारमा ब्यक्तिगत, टिम र मिक्स टिमको नकआउट खेल खेलाइने छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको बिशेष सहयोग र नेपाल आर्चरी सघंको प्राबिधिक सहयोग, नेपाल इन्भेष्टमेन्ट मेगा बैकको सहयोग ,कास्की जिल्ला आर्चरी सघंको ब्यवस्थापनमा हुने प्रतियोगिताको लागि सहभागिताको लागि पत्रचार गरिसकिएको आयोजक प्रदेश आर्चरी संघ गण्डकीले जनाएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…