
पोखरा-हिमालयन गल्फ क्लबमा शनिबार आयोजित मे महिनाको मन्थ्ली मेडलको उपाधि गल्फर एएसपी भक्तराज गुरुङले जितेका छन् ।
स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा उनले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनी काउण्ट ब्याकमा ३१ स्कोरसहित उपविजेतामा चित्त बुझाएका हुन् ।

पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा क्लब सदस्य गल्फरहरुको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेतालाई गोर्खा वेलफेयर सोसाईटी लमजुङका अफिसर सुवास घलेले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…