
पोखरा-गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नीति तथा कार्यक्रम सावर्जनिक गर्दै पोखरा रंगशालालाई नेपाल सरकारसँग समन्वय गरेर स्तरोन्नति गरिने उल्लेख गरेका छन् । ४ सय १५ रोपनी क्षेत्रफलको पोखरा रंगशालामा विभिन्न खेल पूर्वाधार निर्माण भएपछि संरक्षणको अभावमा रुमलिएको छ ।
पोखरा रंगशालालाई प्रदेश सरकारले आफनो मातहतमा राख्ने चाहना राख्दै आएको छ । आफनो मातहतमा नरहँदा पुर्वाधारमा लगानी गर्ने विषयमा खासै चासो भने देखाएको छैन् । यद्यपी नीति तथा कार्यक्रममा भने रंगशालाको स्तारोन्नति गर्ने तर्फ भने चासो दिदैं समावेश गरेको छ ।
खेल पर्यटन विकासको लागि संघ प्रदेश र स्थानीय तह साझेदारीमा मुस्ताङ जिल्लामा उच्च पर्वतीय खेलकुद रंगशालाको निर्माण कार्यलाई अगाडि बढाइने समावेश गरिएको छ । नेपाल सरकारसँगको समन्व्यमा पोखरा रंगशालाको स्तरोन्नति गरिने छ । गण्डकी प्रदेशमा क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाइने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…