भोलिदेखि तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३१ गते २०८२ मा प्रकाशित


पोखरा—प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भोलि शनिबारदेखि पोखरा रंगशालामा तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना शुरु हुदैं छ ।

शनिबारदेखि आगामी असार ६ गतेसम्म हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीले जनाएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने छ ।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरएको छ । अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ । गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे ।