
पोखरा-तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दा पोखरा रंगशालामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ ।
समुह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश छेत्रीले ७० रनको महत्वपूर्ण अविजित अर्धशतकिय पारी खेलेका हुन् । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याएका थिए ।
त्यस्तै तनहुँका लागि सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए । बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान २–२ विकेट हात पारे ।
जवाफमा १३५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाग्लुङ ६ विकेट गुमाउँदै १२४ रनमै सीमित रह्यो । बाग्लुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए ।
तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने । साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…