
पोखरा-जून महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । शनिबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३६ स्कोरसहित उपाधि जितेका हुन् ।

स्टेबल फोर्ड ३्४ ह्याण्डकीक्यापमा खेलाईएको प्रतिस्पर्धामा क्याप्टेन बद्री राईले रनरअपको पुरस्कार प्राप्त गरे । उनले २८ स्कोर गरे । काउण्ट ब्याकमा उनले रनरअफको पुरस्कार थापे । विश्व गुरुङले पनि २८ स्कोर गरेका थिए । तर उनले तेस्रो पुरस्कार थापे ।ग्रस तर्फको पुरस्कार भने क्याप्टेन गणेशकुमार गुरुङले प्राप्त गरे । उनले २४ स्कोर गरेका थिए ।
विजेता गल्फरलाई भाटभटेनी अन्तराष्ट्रिय प्रालिका म्यानेजिङ डिरेक्टर युवराज गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…