लिलाजंगलाई जूनको मन्थ्ली मेडल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १४ गते २०८२ मा प्रकाशित


पोखरा-जून महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । शनिबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३६ स्कोरसहित उपाधि जितेका हुन् ।

स्टेबल फोर्ड ३्४ ह्याण्डकीक्यापमा खेलाईएको प्रतिस्पर्धामा क्याप्टेन बद्री राईले रनरअपको पुरस्कार प्राप्त गरे । उनले २८ स्कोर गरे । काउण्ट ब्याकमा उनले रनरअफको पुरस्कार थापे । विश्व गुरुङले पनि २८ स्कोर गरेका थिए । तर उनले तेस्रो पुरस्कार थापे ।ग्रस तर्फको पुरस्कार भने क्याप्टेन गणेशकुमार गुरुङले प्राप्त गरे । उनले २४ स्कोर गरेका थिए ।

विजेता गल्फरलाई भाटभटेनी अन्तराष्ट्रिय प्रालिका म्यानेजिङ डिरेक्टर युवराज गुरुङले पुरस्कार प्रदान गरेका थिए ।