
पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदमा रिक्त सदस्य पदमा मंगलबार पूर्णता दिइएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले रिक्त सदस्यमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट १२ जना नियुक्त गरिएको हो । भेनिस थापा(प्यारालाइडिङ, गोरखा), कृष्णबहादुर थापा(कास्की,फुटबल), केशमाया गुरुङ(तनहुँ भलिबल), इन्द्रकुमारी मल्ल(कास्की, एथलेटिक्स), रबिन्द्रबहादुर प्रजु(कास्की, क्रिकेट), संगीता सुवेदी(कास्की, मुवाथाई), दिलबहादुर गुरुङ (कास्की, टेवलटेनिस), कन्चन थापा कोईराला(कास्की,तेक्वान्दो), सीताकुमारी गुरुङ(म्याग्दी, हाप्किडो), सागर गुरुङ(गोरखा,कराँते),विजयकुमार आलेमगर(कास्की कराँते), रेखमाया गुरुङ(कास्की, तेक्वान्दो) र भीम पराजुली(कास्की भलिबल)रहेका छन् ।
कन्चन थापा कास्की जिल्ला खेलकुद विकास समितिकी पुर्व सचिव समेत हुन् । उनले जिल्ला खेलकुदमा चार वर्षे कार्यकाल यसै वर्ष पुरा गर्दै प्रदेश सदस्यमा नियुक्त भएकी हुन् । दिलबहादुर गुरुङ पनि कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् । उनी प्रदेश खेलकुद परिषदका सदस्य समेत हुन् । उनी सदस्यमा पुन दोहोरिएका छन् । अधिकांश नयाँ अनुहार छन् । मल्ल कास्की जिल्ला खेलकुद विकास समितिको पूर्व एथलेटिक्स प्रशिक्षक समेत हुन् ।
काँग्रेसको तर्फबाट मनोनित प्रजु पुर्व वडाध्यक्ष हुन् । उनी पोखरा महानगरपालिका वडा नं ३ का पूर्व वडाध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनी क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । उनीहरुलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सपथ खुवाउनुभएको थियो । नियुक्त भएका सदस्यको कार्यकाल चार वर्षको हुने छ । आपसी भागवण्डा भएपनि नाम दिने र फिर्ता गर्ने क्रमकै कारण लामो समयपछि परिषदमा सदस्यहरु नियुक्त भएका हुन् । परिषदमा नेपाली काँग्रेस र नेकपा एमालेको भागवण्डामा सदस्यहरुलाई नियुक्त गरिएको हो । सपथ खुवाउँदै मन्त्री थापाले खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाई प्रतिफल पाउने गरी काम गर्न सुझाव दिनुभयो ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…