
पोखरा-यही सेप्टेम्बर १० मा पोखराको हिमालयन गल्फ कोर्षमा माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुदैं छ । पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको आयोजना तथा एनआरएनए स्पोर्टस एण्ड टीएण्ड एस कर्पोरेसनको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न गल्फ क्लब तथा एनआरएन गरी ५० गल्फरले प्रतिस्पर्धा गर्ने छन् ।
पार ७० को कोर्षमा गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । स्टेबल ३्र्४ ह्याण्डीक्यापमा हुने प्रतिस्पर्धामा विजेता गल्फरले ट्रफी प्राप्त गर्ने छन् । पोखरा, धरान र काठमाडौंका गल्फरको सहभागिता रहने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…