
पोखरा-टी फर क्लाईमेट नारासहित शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता शुरु भएको छ । चार व्यवसायिक खेलाडीसहित २२ जना गल्फरले प्रतिस्पर्धा गरेका छन् । १६ जना एमेच्योर र दुई जना महिला गल्फर सहभागि छन् । पोखरा, काठमाडौं, धरान र एनआरएनएका गल्फरको सहभागिता रहेको छ ।
फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को मुस्ताङ गल्फ कोर्षमा एकैदिनमा टुग्याउने सम्भावना रहेको सहभागि गल्फर भूबहादुर गुरुङले जानकारी दिए । पार थ्रीको १५० यार्डको दुरीको होल नम्बर तीनमा होल ईन वान राखिएको छ । ४६४५ मिटरको उचाईमा अवस्थित गल्फ कोर्षमा होल ईन वान गर्ने गल्फरले घोडा पुरस्कार स्वरुप पाउने छ । गल्फरले घोडा नै पुरस्कार स्वरुप पाउने छ । मुस्ताङ गल्फ कोर्षका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले घोडा नलगे सट्टामा नगद पुरस्कार प्राप्त गर्ने बताए ।
चार जना प्रोफेसनल गल्फरले सहभागिता जनाउँदा विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो स्थानमा रहने गल्फरले भने नगद १० हजार राशी प्राप्त गर्ने छन् । खेलको ढाँचा स्टेबल फोर्डमा हुने छ । दुईदिने प्रतिस्पर्धामा विजेता, उपविजेता, बेष्ट ग्रस, महिला विजेता, सिनियर विजेता, क्लोजेष्ट टु दि पिन, सर्वाधिक बर्डिज र लामो दुरी हिर्काउने गल्फरलाई पुरस्कारको व्यवस्था गरिएको छ । चौथो संस्करणमा आईपुग्दा १८ होलमा प्रतिस्पर्धा गरिने छ । यो वर्ष गल्फको मुख्य ध्येय जलवायु परिवर्तनले पुर्याउएको असर बारे हो । जसको नारा टी फर क्लाईमेट दिइएको छ ।
मुस्ताङ गल्फ कोर्षको उद्देश्य र लक्ष्य गल्फ कोर्षलाई विश्वकै उच्च उचाईको गल्फ कोर्षको रुपमा गिनिज बुकमा कीर्तिमान राख्ने छ ।
लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष विश्वकै उत्कृष्ठ छ । विश्वकै उच्च उचाई पुगेर गल्फ खेल्ने गल्फरको सपना हुन्छ गल्फ खेल मार्फत साहसिक पर्यटन(४६४५ मिटर उचाई) प्रवद्र्धन गर्ने उद्देश्यले प्रेरित गल्फ प्रतियोगितालाई लोमान्थाङ गाँउपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकको रुपमा रहेको छ । प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे वियर, जर्मन बेकरी, सोल्टी पानी लगायतले प्रायोजन गरेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…