
पोखरा-सेप्टेम्बर मन्थ्ली मेडल अन्तर्गत ग्रस तर्फका उपाधि प्रज्वल गुरुङले जितेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा नेट तर्फ इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । क्याप्टेन राजेन्द्र गौचन भने उपविजेता बन्न सफल भए ।

विजेताहरुलाई ब्रिटिस गोर्खाका मेजर किरण पुनले पुरस्कार प्रदान गरेका थिए । पुनलाई कास्की जिल्ला गल्फ संघ तथा हिमालयन गल्फ कोर्ष तर्फबाट संघका अध्यक्ष जीवाराम गुरुङले स्वागत गरेका थिए । मेजर पुन ब्रिटिस गोर्खाका काठमाडौं क्याम्प दुई वर्षको लागि आएका हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…