दोस्रो पोखरा एमेच्योर गल्फको उपाधि काठमाडौंका पोखरेललाई

- दिप्सन र प्रज्वलको जोडी टिम च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ६ गते २०८२ मा प्रकाशित


पोखरा-काठमाडौंका दिपक पोखरेलले पोखरामा आयोजित पोखरा एमेच्योर गल्फ प्रतियोगिताको दोस्रो संस्करण उपाधि आफनो नाममा लेखाउनुभएको छ । उहाँले पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतियोगितामा गल्फर पोखरेलले ३९ स्कोरसहित उपाधि जित्दै नगद १५ हजार प्राप्त गर्नुभयो ।

स्ट्रोक प्ले, स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा काठमाडौका पूर्व सिंगापुरे विश्वमोहन गुरुङ हुदाँ तेस्रो स्थानमा भने पोखराका बलराम थापाले प्राप्त गर्नुभयो । नेट तर्फको प्रतिस्पर्धामा उपविजेता तथा तेस्रो स्थान प्राप्त गर्नुहुने गल्फरलाई नगद १० र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । महिला तर्फ (नेट) गीता गुरुङ प्रथम हुनु भएको छ । उहाँले २७ स्कोरसहित च्याम्पियन बन्दै १० हजार प्राप्त गर्नुभयो । २७ स्कोर जोड्दै काउण्ट व्याकले पछि पर्दै काठमाडौंकी आभानी राई दोश्रो हुदै ५ हजारमा चिक्त बुझाउनुभयो ।

काठमाण्डौंका कवि थापाले ३१ अंकका साथ ग्रसतर्फको उपाधि हातजित्न सफल हुनुभयो । । प्रतियोगितामा वेलायतका गीताजंग गुरुङले ३० अंकका साथ दोश्रो हुनु भयो । पहिलो र दोस्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । सिनियर तर्फको विधा (६५ बर्ष माथि उमेर समुह) मा पोखराका मेजर विजय मोक्तान प्रथम हुनु भयो । उहाँ २९ अंकका साथ उक्त विधामा प्रथम हुँदै नगद ५ हजार प्राप्त गर्नु भयो । टिम तर्फको प्रतिस्पर्धामा साविक विजेता प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले उपाधि रक्षा गरेको छ । पार ६९ को कोर्षमा जोडीले १३ अण्डरको स्कोर स्कोर निकाल्दै नगद ५० हजार सहित ट्रफी उचाल्यो । प्रतियोगितामा काठमाण्डौंका अभानी राई र शवनिल भट्टराईको जोडी दोश्रो भएको छ ।११ अण्डर हान्दै उक्त जोडीले ३० हजार प्राप्त गर्दा आठ अण्डर हान्दै पोखराकै ए.एस.पी. भत्तराज गुरुङ र इनिस्पेक्टर सोम गुरुङको जोडीलो तेस्रो स्थान प्राप्त गर्न सफल भएका हुन् । तेस्रो हुनेले २० हजार प्राप्त गरेका थिए ।

काठमाण्डौंका दिपक पोखरेल र श्रीराम थापाको जोडीले ७ अण्डर हानेर सान्त्वना पुरस्करा थाप्नुभयो । जोडीले १० हजार प्राप्त गर्नुभयो । लङगेष्ट ड्राइभमा काठमाण्डौंका प्रकृत तामाङ घोषित हुनु भयो । ३ सय १५ यार्डको दुरी हान्न सफल भई उहाँले नगद ५ हजार पुरस्कार पाउनुभयो । क्लोजेष्ट टु दि पिन तर्फ पोखराका भत्तराज गुरुङ घोषित हुनुभयो । कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष तथा भूतपूर्व सिंगापुर प्रहरीका (एएसपी) गुरुङले ५ हजार प्राप्त गर्नुभयो । लमजुङ घर भई वेलायत बस्दै आउनु भएको गिताजंग गुरुङले प्रतियोगितामा सर्वाधिक बर्डी (हाइएस्ट बर्डी) हिर्काउने गल्फरको उपाधि हात पार्न सफल हुनु भयो । गोर्खा गल्फ सोसाइटीका अध्यक्ष समेत रहनु भएको गुरुङले उक्त उपाधि सहित ५ हजार प्राप्त गर्नुभयो ।

कास्की जिल्ला गल्फ संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १ सय ६ जना गल्फरको सहभागिता रहेको थियो । विजयी गल्फmरहरुलाई हिमालयन गल्फ कोर्सका निर्देशक युवा व्यवसायी किरण केसी, रोयल नेपाल गल्फ क्लब (काठमाडौं)का अध्यक्ष मधुकर याक्थुम्बा, हिसान कास्कीका सचिव किरण सापकोटा, नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।