
पोखरा- प्रतिभा माविले १८ औं संस्करणको हिसान कास्की स्पोर्टस मिटको उपाधि उचालेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी उपाधि उचाल्यो । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ ।
स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो । प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको छ ।
छात्र बास्केटबलमा मष्ट भेलुयलबल प्लेयर प्रतिभाका अलन शेरपुजा बने भने हाइऐष्ट स्कोरर मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट भेलुयबल प्लेयर तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइऐष्ट स्कोरर घोषित भए ।
यता छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले फाइनलमा प्रतिभालाई २५–२३, २५–२० ले पराजित गरी टिम च्याम्पियन हुदा तेस्रो स्थान न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भयो । न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो । छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।
१८औं हिसान स्पोर्ट्स मिट अन्तर्गतका फाइनल खेलसँगै पुरस्कार वितरण कार्यक्रम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बास्केटबल खेलको शुभारम्भ गर्दै शिक्षासँगै खेलकुदको अपरिहार्यतामा जोड दिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…