
पोखरा-गोरखा हिल युकेको मुख्य प्रायोजनामा आईतबार हिमालयन गल्फ कोर्षमा आयोजित क्याडिज गल्फ प्रतियोगिताको उपाधि सुशिल सुनारले जितेका छन् । १८ होलको पार ६९ को कोर्षमा सुनारले चार ओभर ७३ को स्कोरसहित च्याम्पियन बनेका हुन् । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरे । एक स्ट्रोकले पछि परेका समीर गुरुङ दोस्रो स्थानमा चित्त बुझाए । उनले तीन हजार नगद प्राप्त गरे । सन्दीप सुनार भने ७९ स्कोरसहित तेस्रो स्थानमा रहे । उनले दुईहजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
समूह बी अन्तर्गतको प्रतिस्पर्धामा अमृत परियारले ८४ को स्कोर गर्दै नगद ५ हजार राशीको पुरस्कार थाप्न सफल भए । गंगाराम परियारले ८६ स्कोरसहित दोस्रो र रोहित विकले भने १०३ स्कोरसहित तेस्रो स्थानमा चित्त बुझाए ।

जुनियर तर्फको प्रतिस्पर्धामा राहुल परियार, सुमित विक र अश्विन नेपाली क्रमश प्रथम द्धितीय र तृतीय भए । उनीहरुले नगद ४ हजार, दुई हजार पाँचसय र एक हजार पाँचसय रुपैयाँ प्राप्त गरे । महिला तर्फको प्रतिस्पर्धामा अस्मिता विक विजेता भईन । अन्जना परियार दोस्रो स्थानमा रहिन् । समीर गुरुङ लङगेष्ट ड्राईभको पुरस्कार प्राप्त गरे भने सुशिल विकले क्लोजेष्ट टु दि पीनको पुरस्कार हात पारे ।
विजेता क्याडी गल्फरलाई मुख्य प्रायोजक गोरखा हिल युकेका चन्द्र गुरुङ, श्रीमती शान्ता गुरुङ, सहप्रायोजक श्रीमती गीता गुरुङ, दिपक मगर, सन्तोषकुमार राई र दिल सोमाई लगायतले पुरस्कार प्रदान गरेका थिए । ३० जना क्याडीले प्रतिस्पर्धा गरेका थिए । सहभागि अन्य १९ क्याडीलाई सान्त्वना पुरस्कार स्वरुप नगद एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…