
पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार हिमालयन गल्फ कोर्षमा भएको क्लब च्याम्पियन गल्फ प्रतियोगिताको उपाधि रमेश गुरुङले जितेका छन् ।
पार ६९ को कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ९ ओभर ७८ को स्कोरसहित क्लब च्याम्पियन बन्दा काउन्ट व्याकमा पछि पर्दै इन्जिनियर सन्तोष गुरुङ उपाधि विहीन भए ।

स्ट्रोक प्ले फुलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा नेट तर्फ सुजन थापाले पुरस्कार थाप्दा गीता गुरुङ काउण्ट व्याकमा पछि पदैै उपविजेतामा चित्त बुझाए । दुवैले एक अण्डर ६८ को कार्ड बनाएका थिए । लेभल पार खेलेका कमल सुवेदी भने तेस्रो स्थानमा रहे ।
पाहुना तर्फको प्रतिस्पर्धामा एक अण्डर ६८ स्कोर गरेका क्याप्टेन मेहन्द्र फगामी उपाधि उचाले । मेजर ज्ञान ढेंगा लेभल पार खेल्दै उपविजेता बने । सन २०२५ को ओभर अल मन्थ्ली मेडलको पुरस्कार भने एएसपी लिलाजंग गुरुङले जिते । उनले ३० स्कोर गरे । इन्सपेक्टर जीवाराम गुरुङ भने ओभरअल मन्थ्ली मेडलको उपविजेता बन्न सफल भएका छन् ।

लङगेष्ट ड्राईभ क्याप्टेन बेल गुरुङ, क्लोजेष्ट टु दि पीन क्याप्टेन बद्री राई बने । यसैगरी जनवरीको मन्थ्ली मेडलको पुरस्कार भने कमल सुवेदीले जितेका छन । उपविजेता भने एएसपी भक्तराज गुरुङ बनेका थिए ।

विभिन्न विधाका गल्फर विजेतालाई मेजर विजय मोक्तान, ले.कर्णेल बसन्तराज गुरुङ, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ, मेजर ज्ञान ढेंगा, गोर्खाहिल युकेका प्रोप्राईटर चन्द्र गुरुङ लगायतले पुररस्का प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…