विद्यालय ब्याडमिन्टन प्रतियोगितामा दिलिसालाई दोहोरो उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०८२ मा प्रकाशित


पोखरा-यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जितेकी छन् । मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न जितिन् । मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो ।

यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका रिहाना शेरचन र अजरेन्का शेरचन तेश्रो बन्न सफल भए । त्यसै गरी यू—१९ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलकी रिहाना शेरचन र ग्लोबल कलेजिएट स्कूलकी रक्षा फगामी भएका छन् ।

त्यसै गरी यू—१७ छात्र तर्फ ओमेगा इन्टरनेशनल कलेजका सौर्या महर्जन प्रथम हुनु भयो भने क्याम्पियन एकेडेमीका सुदेश राजकोटी द्वितीय भए । त्यस्तै ज्ञानोदय सेकेण्डरी स्कूलका प्रतीक विष्ट र सेन्ट जोसेफका विवेक अधिकारी तेश्रो भए ।

यू—१३ छात्र तर्फ कञ्चनजङ्घा इङ्लिस स्कूलका सक्षम गुरुङ प्रथम, नर्थ पोइन्ट एकेडेमीका विराट बस्नेत दोश्रो र डन बोस्को सेकेण्डरीका जोनाथन तामाङ र स्काई राइडर स्कूलका गब्रियल लामा भए ।

११ वर्षमुनि (यू–११) छात्रा तर्फ एपिएफकी आश्रुति कार्की प्रथम हुँदा शिशु निकेतन सेकेण्डरी इङ्लिस स्कूलकी सुरुची श्रेष्ठ दोश्रो हुनु भयो भने सेन्ट मेरी सेकेण्डरी स्कूलका युमिका साम्पाङ राई र आर्या थापा तेश्रो भएका थिए ।

त्यसै गरी ११ वर्षमुनि (यू–११) छात्र तर्फ नर्थ पोइन्ट एकेडेमीका विराट बस्नेत प्रथम, स्काई राइडर स्कूलका गब्रियल लामा दोश्रो र मैत्रिय पाठशालाका मिजास उदास तथा अक्सफोर्ड हायर सेकेण्डरी स्कूलका (बुटवल) क्रिमुन रिजाल तेश्रो भएका छन् ।

१३ वर्षमुनि (यू–१३) छात्रा तर्फ विश्व आदर्श विद्यालय (इटहरी) की सविज्ञा दाहाल प्रथम, ग्यालेक्सी पब्लिक स्कूलकी अजेरेन्का शेरचन दोश्रो र एपिएफकी आश्रुति कार्की तथा मैत्रेय पाठशालाकी प्रथिसा शर्मा तेश्रो भईन् । त्यसै गरी मिक्स डबल्स तर्फ रोमन गोतामे÷विवेक सुवेदीको जोडी प्रथम हुनु भयो । त्यसै गरी वरदान ताङ्बे लामा÷नरहरि राईको जोडी दोश्रो तथा सजेन्द्र हमाल÷दीपेन पुन र विश्वजित गुरुङ÷अमित राना मगरको जोडी तेश्रो भएका छन् ।