
लेखनाथ-कास्की पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
सहकारी÷सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले शनिवार राखिएको पाँच किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले दितिय,पार्वती अधिकारीले तृतिय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्तोना स्थान हासिल गरेका हुन् ।
यसैगरि पुरुष तर्फ नयन बचत तथा ऋण सहकारी सस्थाका नवराज के शीले उत्त दुरी १८ मिनेटमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने दितिय तर्फ सिलिङ कृषि सहकारीका सुदिन रानाभाट,तृतियमा दिपाङ मत्स्य सहकारीका नारायण लामिछाने र सन्तोना तर्फ खडानन्द लामिछाने,मिलन परियार,सुर्य थापा क्षेत्री,अर्पण थापा र रमिल समुदा मगर परेका छन् ।
बिजेता प्रथम हुनेले सात हजार,दितियले पाँच हजार,तृतियले तीन हजार र सान्तोना हुनेले जनही एक एक हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरि जेष्ठ सहभागी तर्फ भरतलाल श्रेष्ठ र गंगा धमला साथै कान्छो सहभगीता पुरस्कार संकल्प अधिकारी पाएका हुन् । यसैविच सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीले प्रदान गर्ने उत्कृष्ठ ब्यवस्थापनबाट पुरस्कृत सस्थाका ब्यवस्थापक गोविन्द लामिछानेलाई समेत सन्मान गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…