
पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अप्रिल महिनाको मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा जीवारामले ७४ स्कोरसहित उपाधि जित्न सफल भए । उपविजेता भने सुजन थापा भए । उनले ७५ को स्कोर गरेका थिए ।
हिमालयन गल्फ कोर्षमा प्रत्येक महिनाको अन्तिम शनिबार मन्थ्ली मडेल गल्फ प्रतियोगिता हुदैं आएको छ । हिमालयन गल्फ क्लबको आयोजना हुने प्रतिस्पर्धामा पोखरामा एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्दै आएका छन् ।
गत मार्चमा भएको प्रतिस्पर्धामा जय नुगेन्टले उपाधि जितेका थिए । उनले स्टेबल फोर्ड 3/4 हयाण्डीक्यापमा ३६ स्कोरसहति उपाधि जितेका थिए । क्याप्टेन राजेन्द्र गौचन ३५ स्कोरसहित उपविजेता बनेका थिए । अप्रिल महिनको विजेतालाई श्रीमती गीता गुरुङले पुरस्कार प्रदान गरेकी थिईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…