
कास्की-दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ ग्ते प्रदान गरिने स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
उत्कृष्ट पुरुष तर्फ प्रदीप खड्का(लनटेनिस), विज्ञान टी.खत्री(जुडो) र सन्जुविक्रम शाह(भलिबल) मनोनयनमा परेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । यसैगरी महिला तर्फ नारायणी भण्डारी (एथलेटिक्स), मोनिका राना (आर्चरी) र मनिष तामाङ (जुडो)रहेका छन् । उदीयमान खेलाडीमा निभा राई(व्याडमिन्टन), अनुष्का अधिकारी(एथलेटिक्स), सचिन सुनार(तेक्वान्दो) रहेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा सिद्धान्त अधिकारी(एथलेटिक्स), कुमार अधिकारी(लनटेनिस), रेखमाया गुरुङ(तेक्वान्दो) रहेका छन् । दर्शक छनोट पुरस्कारको लागि विपिन खत्री(क्रिकेट), दिप कार्की(फुटबल), नारायणी भण्डारी(एथलेटिक्स), राजन दर्लामी(भलिबल) र सुष्मिता थापा(आईटीएफ तेक्वान्दो) रहेको मञ्चले जनाएको छ ।
वर्ष उत्कृष्ट खेलसंघको पुरस्कार कास्की जिल्ला क्रिकेट संघलाई प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले बताए । उनका अनुसार उत्कृष्ट खेल पत्रकारबाट पत्रकार दीननाथ बराललाई पुरस्कृत गरिने छ । मञ्चले विभिन्न नौ विधामा पुरस्कृत गर्ने जनाएको छ ।
लाईभटाईम अचिभमेण्ट अवार्ड, विशेष विधा(स्पेशल अवार्ड)लाई समेत पुरस्कृत गरिने छ । दुवै विधाको नाम मञ्चले सार्वजनिक गरेको छैन् । यद्यपी पुरस्कृत गर्ने व्यक्तित्वको निर्णय भने भईसकेको छ ।
दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । सह प्रायोजकमा गुरुङ गहना गृहप्रालि न्युरोड तथा केल्मी नेपाल प्रालिले गरेका छन् । गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब, तमुधि कास्की, पोखरा एभेन्जर्स, सिटिजन फर्निचर, नेलाम्बो नेपाल लवगायतको विशेष सहयोग रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…