
काठमाडौं-सिटिजन बैंककी नङ्गशल तामाङ र एपिएफकी रिहाना सेरचनको जोडी लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को अन्तिम आठमा प्रवेश गरेका छन् । सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतियोगितामा तामाङ र सेरचनको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।
अन्तिम आठमा प्रवेश गर्ने क्रममा चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीले आर्मीकी अनुमाया राई र सम्बृद्धि श्रेष्ठको जोडीलाई २१–८, २१–८ र सूर्खेतकी निर्भिता शाही र निशा सिंहको जोडीले मेघा शर्मा र लिला थापाको जोडीलाई २१–१०, २१–१७ ले पाखा लगाए ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु १५ एकल तर्फको खेलमा धन्यन्तरीका सुहम कार्की, कन्चनपुरका उदय चन्द, सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङ्ग, र आर्मीका सामन्त भद्र बज्राचार्य क्वाटरफाईनलमा स्थान बनाउन सफल भए । सुहमले आर्मीका रिजन मगरलाई २१–१४, २१–१९, उदयले बालकुमारी रिमिक्सका प्रज्वल बज्राचार्यलाई २१–९, २१–११, दीपले आर्मीका आशुतोष कसौधनलाई २१–८, २१–१० र सामन्तले सूर्यदर्शनका सोनम वलीलाई २१–१९, २१–९ ले पराजित गरेका हुन् । यस्तै कन्चनपुरका आशिष खत्रीले आर्मीका सजन कार्कीलाई २१–१९, २१–१७, नेपाल पुलिस स्कुल, काभ्रेका प्रनिश कार्कीले इमाडोल ब्याडमिन्टन स्पोर्टस् एकेडेमीका प्रिन्स थापा मगरलाई २१–१४, २१–१५, धन्यन्तरीका सुशान्त प्रजापतीले पुलिस क्लबका रितिक आचार्यलाई २१–११, २३–२१ र आर्मीका सुनद राजकोटीले सूर्यदर्शनका आदित्य थारुलाई २१–१३, २१–१९ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरे ।
महिला यु १९ एकल तर्फ फिटनेश स्पोर्टस्प्लेक्सकी निभा राईले एपिएफकी प्रेन्शा श्रेष्ठलाई २१–८, २१–१७ ले र एपिएफकी रिहाना सेरचनले कस्तुरी कलेजकी अन्जिला राईलाई २१–१०, २१–६ ले पराजित गर्दै अन्तिमा आठमा भेट पक्का गरे । अन्तिम आठमा प्रवेश गर्ने क्रममा एपिएफकी अजरेन्का सेरचनले धादिङ्गकी निष्ठा श्रेष्ठलाई २१–१६, २१–१६, एपिएफकी स्वर्लिन श्रेष्ठले बिवेक वर्मा एकेडेमीकी बिशेषता खड्कालाई २१–१३, १६–२१, २१–१३, पुलिसकी अश्मिता खत्रीले चितवनकी सुषमा भुजेललाई २१–१०, २१–१६, सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुविज्ञा दाहालले इमाडोल ब्याडमिन्टन स्पोर्टस् एकेडेमीकी टिशा रानी शाक्यलाई २२–२४, २१–१९, २१–१९, आर्मीकी समृद्धि श्रेष्ठले एपिएफकी आश्रुती कार्कीलाई २१–१४, १५–२१, २१–१४ र कास्कीकी दिलाशा रानाले फिटनेपाल स्पोर्टस्प्लेक्सकी श्रीशा पौडेललाई २१–५, २१–११ ले पराजित गरेका हुन् ।
यु–१९ पुरुष एकल तर्फको खेलमा पुलिसका कविर के।सी।, आर्मीका सौर्य महर्जन र सुदन राजकोटी तथा सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङ्गले पनि अन्तिम ८ मा स्थान पक्का गरे । कविरले आर्मीका प्रतिक बिष्टलाई २१–११, २१–१३, सौर्यले कन्चनपुरका उदय चन्दलाई २१–१६, २१–१५, सुदनले आर्मीकै सुविन श्रेष्ठ बीलाई २१–१५, २१–१९ र दीपले आर्मीका शिषिर रानालाई २१–१७, २१–१५ ले पाखा लगाएका हुन् । यस्तै अन्तिमा आठ प्रवेश गर्ने क्रममा आर्मीका सुप्रिम पन्तले कस्तुरी कलेजका संगम गिरीलाई २१–१३, २१–१०, आर्मीका सदीप राईले पुलिसका इमा तामाङलाई १२–२१, २१–१३, २१–१६, आर्मीकै रिजन मगरले कन्चनपुरका अनिष खत्रीलाई २१–१६, २१–११ ले र आर्मीकै सुविन श्रेष्ठ बीले पुलिसका पप्पु पाललाई २१–१८, २१–१८ ले पराजित गरे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…