
क्राट्जरले सन २०१७ मा १८ औं युएसटिए च्याम्पियनसिप जितेपछि । फाईल तस्बिर
लण्डन(एजेन्सी)-डोपिङ टेष्टमा पोजेटिभ आएपछि अमेरिकन टेनिस खेलाडी एस्ले क्राट्जरलाई अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ)लेचार वर्षे प्रतिबन्ध लगाइएको छ ।
अमेरिकास्थित क्लालिफोर्नियाकी २१ वर्षिया क्राट्जर यु २१ युएस ओपन बेर्थ महिला राष्ट्रिय टेनिसको च्यामिम्पयन समेत हुन् । उनीमाथि गरिएको डोपिङ टेष्ट पोजेटिभ आएपछि चारवर्षको प्रतिबन्ध लगाइएको हो ।
अन्तराष्ट्रिय टेनिस महासंघले बिहीबार मात्रै प्रतिबन्ध लगाइएको घोषणा गरेको थियोे । क्यालिफोर्नियास्थित न्युपोर्ट विचमा डब्लुटिएको कार्यक्रम जनवरीमा हुने भनिए पनि क्राट्जरलाई मार्चमै प्रतिबन्ध लगाइएको थियो । उनीमाथि २०२४ मार्चसम्म प्रतिबन्धको समयावधि रहेको छ ।
क्राट्जरले आफु माथि लगाइएको प्रतिबन्धको विषयमा अपिल गर्न सक्ने छिन् । क्राट्जरले सन २०१७ मा १८ औं युएसटिए च्याम्पियनसिप जितेपछि युएस ओपनमा वार्डल्ड कार्ड मार्फत प्रवेश गरेकी थिईन् । तर उनी पहिलो राउण्डमै तात्जना मारियासँग पराजित भएकी थिईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…