
पोखरा रंगशालामा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै राखेपका सदस्य सचिव सिलवाल ।
पोखरा-कोरोना कहरकै बीचमा नेपालगन्जमा म्याराथन आयोजना हुदैैं छ । खेलकुद गतिविधि विस्तारै चलायमान हुदैं छ । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तय गरिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने र नहुने दुविधा भईरहेकै बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना कहरकै कारणबाट मात्रै राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिने स्पष्ट पारे ।
पोखरा रंगशालामा सोमबार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना बाहेक अन्य कारणले रोकिने अवस्था नरहेको प्रष्ट्याए । ‘कोरोना कहरले रोकिए रोकिन्छ अन्यथा राष्ट्रिया खेलकुद प्रतियोगिता रोकिदैन् ।’ उनको भनाई थियो । कोरोनाकै कारण देशभर खेलकुदका गतिविधि पूर्णरुपमा ठप्पै छन् ।
स्वास्थ्यको मापदण्ड अपनाएर प्रशिक्षण गर्न संघहरुले गरेको आग्रहलाई समेत राखेपले खासै चासो भने दिएको छैन् । आगामी मंसिर १ गते पर्यटन क्षेत्र खुला गर्ने पर्यटन मन्त्रालयले उदघोष गरिसकेपनि खेलकुद क्षेत्रको विषयमा परिषद र खेलकुद मन्त्रालयले कुनै निर्णय भने गरिसकेका छैनन् । यसले खेलाडीमा अन्यौलता थपिदिएको छ ।
सदस्य सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अझै पनि समय रहेको उल्लेख गर्दै छोटै समयमा पनि आयोजना गर्न सकिने दावी गरे । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तीन महिनाकै अवधिका आयोजना गरिएको प्रसंग कोट्याउँदै सदस्य सचिव सिलवालले पूर्वाधारकै कारण देखाएर भने राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने स्पष्ट पारे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्वीमिङ पुल बन्न सकेको छैन् । टेण्डर आह्वान समेत भएको छैन् । त्यसले यो वर्ष स्वीमिङ पुल बन्न सक्ने सम्भावना कम छ । सुटिङको पूर्वाधार पनि तयारी छैन् । उनले सुटिङ काठमाडौं आयोजना गर्न सकिने बताए ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा विभिन्न खेल खेलाउने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राखेपमा परिपत्र समेत गरिसकेको छ । त्यसको लागि गत आर्थिक वर्षमा उपलब्ध गराइएको बजेटबाट जिल्लाहरुमा खेलकुदका पूर्वाधार एवं कभर्ड हल निर्माण गरिएको छ ।
सदस्य सचिव सिलवालले प्रदेशका सबै जिल्लामा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने जोडदिदैं खेलकुदको विकासको लागि विकेन्द्रीकरण गरिनुपर्नेमा जोड दिएका थिए ।
खेलकुदको विकास एउटै ठाँउमा केन्द्रीत गर्नुभन्दा सबै ठाँउहरुमा आयोजना गर्न सकिए खेलकुदको विकासमा टेवा पुग्ने उनको भनाई थियो । स्वागत कार्यक्रममा जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…