अमेरिकन गल्फर जोन्सनलाई मष्टर्स गल्फको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १ गते २०७७ मा प्रकाशित


जोन्सन मष्टर्स गल्फको उपाधिसहित ।

एजेन्सी-पहिलो र तेस्रो दिन उत्कृष्ट लयमा रहेका अमेरिकन गल्फर डष्टिन जोन्सनले पाँच स्ट्रोकको अग्रतासँगै माष्टर्स गल्फको उपाधि उचालेका छन् ।

अगष्टा नेश्नल गल्फ कोर्षमा आयोजित खेलमा जोन्सनले पहिलो दिन उत्कृष्ट लयमा रहँदो ७ अण्डर राख्दै शुरुवाती गरेका थिए । पहिलो दिन फ्रन्ट नाईन अन्तर्गत दुई नम्बरको होलमा ईगल हिर्काउँदै उत्कृष्ट शुरुवाती गरेका थिए ।

दोस्रो दिन पनि दुई अण्डर मात्रै राखेर अग्रतालाई कायमै राखे । तेस्रो दिन पनि ७ अण्डर बनाउँदै लयलाई कायमै राखे । तेस्रो दिनमा पनि उनले दुई नम्बर होलमा ईगल हिर्काउँदै प्रभावकारी प्रदर्शन दोहोर्याए । बोगीको सामना भने गरेनन् ।

चौथो दिन आईपुग्दा भने उनको प्रदर्शन केही खस्कियो । चौथो र पाँचौ होलमा बोगी खेप्दै अगाडि बढेका उनले अन्तत चार अण्डर ६८ मा खेल टुग्याएका थिए । पार ७२ को कोर्षमा उनले २० अण्डर २६८ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाए ।

दोस्रो स्थानमा अष्ट्रेलियन खेलाडी क्यामरुन स्मिथ र दक्षिण कोरियन खेलाडी सुङजेई ईम रहे । उनीहरुले समान १५ अण्डर २७३ को कार्ड बनाए । स्थिमले दोस्रो राउण्डमा फ्रन्ट नाईनमा इभन पार ३६ खेले । दुई बर्डी हिर्काएका उनले दुईबोगी समेत खेपेपछि उनको फ्रन्ट नाईन लभेलपारको स्थितिमा रह्यो ।

व्याक नाईनमा पनि उनले ईगल हिर्काए । तर दुई होलमा बोगी खेप्दै क्षतिपूर्तिको रुपमा गुमाए । व्याक नाईनमा दुईबोगी खेप्दा १५ होलमा ईगल हिर्काउँदै लयमा रहे । बाँकी रहेका तीनै होलमा बर्डी हिर्काउँदै चार अण्डर ६८ मा टुग्याएका थिए ।

दक्षिण कोरियन खेलाडी ईमले पहिलो दिन फ्रन्ट र व्याक नाईनमा एक एक बोगी खेपेपनि उत्कृष्ट शुरुवाती रह्यो । उनले ६ अण्डर ६६ को कार्ड बनाएर अगाडि बढे । दोस्रो दिन भने उनको प्रदर्शन खराब रह्यो ।

फ्रन्ट र व्याक नाईन गरी चार बोगी खेपे । अन्तत उनले दुई अण्डर ७० को कार्ड बनाए । अन्तिम दिन ३ अण्डर ६९ को कार्डमा रहँदै १५ अण्डर २७३ मा रहँदै टाई खेल्न पुगे । च्याम्पियन बनेका जोन्सनलाई डिफेण्डिङ च्याम्पियन टाईगल उडले हरियो कोट लगाईदिएका थिए ।