
उपाधि सहित मेदभेदेभ ।
एजेन्सी-डानियल मेदेभेदेभले निट्टो एटिपी टेनिस च्याम्पियन बन्दै सिजनको अन्त्य गरेका छन् । उनले लण्डनमा आयोजित आईतबार राती भएको फाईनलमा डोमिनिक थिमलाई तीन सेट खेल्दै पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
पहिलो सेट गुमाउँदै दबावमा रहेको मेदभेदेभले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै उपाधि उचाल्न सफल भए । कमब्याक जित निकाल्दै उत्कृष्ट लयमा देखिएका उनले सेमिफाईनलमा शीर्ष बरियताका नोभाक जोकोभिचलाई पराजित गरेका थिए । थिमले भने राफाल नाडाललाई पराजित गरे उपाधि निकट आएका हुन् ।
पहिलो सेट ४-६ को अवस्थामा मेदभेदेभले गुमाउन पुगे । दोस्रो सेटमा कमब्याक गर्न संघर्ष नै गरे । टाइब्रकेरमा पुग्यो । ७-६(२)मा आफनो पक्षमा लिएपछि खेल निर्णायक सेटमा पुग्यो ।
निर्णायक सेटमा थिमलाई ६-४ कै अवस्थामा पछि पार्दै मेदभेदेभले उपाधि आफनो लेखाए । उनले तीन साता अघि मात्रै पेरिस माष्र्टस ओपन टेनिसको उपाधि जितेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…