
राजु नेपाली । .
पोखरा-जोखिम बहन गर्ने साहसिक थिए । सबैले प्याराग्लाईडिङमा क्षेत्रमा उनलाई एक्स्ट्रा पाईलटको संज्ञा दिन्थे । एडभेन्चर बढी रुचाउने पारखी उनीसँग उडन मन पराउँथे । तर दुर्भाग्य अब उनले कहिल्यै टेण्डम उडान भर्ने छैनन् । हो उनै राजु नेपाली सोमबार सदा झैं आकाशमा उड्दा उड्दै सधैंको लागि अस्ताए । टेण्डम फ्लाईट उडान भर्दै आएको ३८ वर्षिय नेपालीको प्याराग्लाईडिङ उडानै क्रममा ज्यान गुमाए । उनको निधनले पोखराको प्याराग्लाईडिङ क्षेत्रले अनुभवी पाईटल गुमाएको छ । कराँतेले अनुशसित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ । शारीरिक सुगठनले पदक जित्ने सम्भावना बोकेको खेलाडी गुमायो ।
प्याराग्लाईडिङको व्यवसायिक उडान शुरु गरेको झण्डै पाँच वर्ष मात्रै भएको थियो । प्याराग्लाईडिङमा उड्नु अघि उनी क्योकुशिन कराँतेका रामा्र खेलाडी हुन् । २०५८ सालमा कराँते खेल्न थालेका हुन् । कराँतेमै आफनो खेलकुद करियर शुरु गर्ने क्रममा उनले पोखरा–१७ विरौटा डोजोबाट बेल्ट बाँधे । एक वर्षपछि प्रतिस्पर्धाको एरिनामा उत्रिए । भर्खरै सिक्दै गरेको जोश र उमंगले ६५ केजी तौल समूहको प्रतिस्पर्धामा पहिलो सहभागितामै तेस्रो(कास्य) पदक जिते ।
मनमा उर्जा र हौसला थपियो । माघे संक्रान्तिको बेलामा वर्षेनी कराँते प्रतियोगिता आयोजना हुन्थ्यो । २०६० सालमा उनले दोस्रो पटक एरिनामा उत्रिए । रजत पदक जिते । कराँतेमा उनको करियर अघि बढ्यो । ‘हसिँलो र अनुशासित उनी कराँतेका अग्रज र अनुजसँग निकै मिल्थे’ कराँतेका प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारले विगत सम्झिए–‘गुरुप्रतिको सम्मान र व्यवहार भुल्नै सकिन्न । कराँतेमा उनको अमिट छाप छोडेका छन् ।’ २०६८ सालमै धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेका निर्णायक(रेफ्री)को भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय उनी नेपाल स्ट्रोङगेष्ट कराँतेमा आवद्ध थिए । उनी कराँते ब्लाक बेल्ट थर्ड डान हुन् ।

सबै खेलप्रति उत्तिकै लगाव थियो । कराँतेसँगै उनी शारीरिक सुगठन तर्फ पनि होमिएका थिए । २०६८ सालमा पोखरामा आयोजित क्षेत्रीयस्तरको शारीरिक सुगठनमा सहभागिता जनाए । तर उनले सफलता भने प्राप्त गरेनन् । बलिष्ठ शरीरका धनी उनले आफैं पनि कराँतेको प्रशिक्षक थिए । शारीरिक सुगठन तर्फ आकर्षित हुदैं पोखराको लेकसाईडमा ‘लेकब्रिज’ जिम समेत सञ्चालन गरे । जिम सेन्टरमै कराँते तथा किक बक्सिङ प्रशिक्षण समेत गराउँथे । जिमसँगै उनको यात्रा प्याराग्लाईडिङ तर्फ मोडियो । प्याराग्लाईडिङमा टेण्डम उडान गर्न सक्षम भएपछि पाँचवर्षयता टेण्डम उडान गर्दै आएका थिए । उनले पोखराको फिष्टेल प्याराग्लाईडिङ कम्पनी मार्फत उडान भर्ने गर्थे ।
परिवारले अभिभावक गुमाए । आम्दानीको स्रोत गुम्यो । परिवारको आर्थिक अवस्थामा सामान्य छ । उनकै भरमा परिवार चल्थ्यो । लकडाउनपछि खेलकुद क्षेत्र ठप्प छ । कराँते तथा ओको किक बक्सिङ सिकाउने मौका उनले पाएनन् । विस्तारै उठ्ने तयारीमा रहेको पोखराको पर्यटन क्षेत्रलाई प्याराग्लाईडिङ ले चलायमान बनाउन खोज्दै थियो । आन्तरिक पर्यटकको उत्साह थियो । त्यही उत्साह सोमबार दिउँसो क्षणभरमै सिद्धियो । पोखरा–२८ कालिका घर भएका उनको परिवारमा आमा, श्रीमती र दुई छोरा छन् । ९ वर्ष र ४ वर्षका दुई छोरा टुहुरा बने । परिवार विक्षित बन्न पुग्यो ।
उनको निधनले पोखरा रंगशालामा मंगलबार दिनभर सन्नाटा छायो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)बाट शवको पोष्टमार्टमपछि पोखरा रंगशाला परिसरमा अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, नेपाल स्ट्रोङगेष्ट कराँते संघका पदाधिकारीहरु, विभिन्न खेलका खेलाडीहरु लगायतले पार्थीव शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए । पार्थीव शरीरलाई सेतीनदीमा दाहसंस्कार गरिएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…