
उपाधि सहित प्रिन्स दाहाल ।
काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् ।
तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् ।
प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ्गलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । रत्न दाई संगको जितले मलाई हौसला बढेको छ ।
म आफ्नो पुरा खेल खेल्छु, विपक्षीलाई कमजोर ठान्न हुँदैन – प्रिन्सले खेल्नु अघि भनेका थिए । त्यसैलाई मनन गर्दै खेलेका प्रिन्सले सिनियर खेलाडी नविनलाई खेलमा हावी हुन दिएनन् ।
तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे ।
विश्व महामारीको रुपमा रहेको कोरोनाका कारण खेलबाट बञ्चित रहेका राष्ट्रि खेलाडीहरुका लागि यो निकैनै महत्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरुले आयोजकलाई धन्यवाद प्रदान गरे ।
मंसिर २१ गते देखि संचालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…