
सडक महोत्सवमा आयोजना गरिने खेलकुद प्रतियोगिता बारे जानकारी दिदैं रेबान पोखराका पदाधिकारी । तस्बिर खेलाडी न्यूज
पोखरा-कोरोना कहरकै बीचमा पोखरामा सडक महोत्सव हुदैं छ । महोत्सब तीन दिन मात्रै गरिने छ । अंगे्रजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्डबार एशोसियनअफ नेपाल(रेबान) पोखराले पुस १५देखि १७गतेसम्म सडक महोत्सव गर्ने निर्णय गरेको हो । सडक महोत्सवसँगै रेबान पोखराले खेलकुद प्रतियोगितालाई प्राथमिकता दिएको छ । खेलकुदकै माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा रेबानले गरेको छ ।
रेबानले २२ औं संस्करणसम्म आईपुग्दा टेनिस, आर्चरी(तारो हान्ने), डुंगा दौड र बिच भलिबल प्रतियोगितालाई समावेश गरेको छ । विगतमा डुंगा दौड बाहेक अन्य खेललाई भने समावेश गरिएको थिएन् । सडक महोत्सवका संयोजक बसन्त गौतमका अनुसार भीडभाड कम हुने खेलकुदलाई प्राथमिकतामा राखिएको बताए । पत्रकार सम्मेलन मार्फत जानकारी दिदैं संयोजक गौतमले खेलकुद पर्यटन प्रवद्र्धनकै आधार भएकोले पनि खेलकुदलाई प्राथमिकतामा राखिएको जिकिर गरे ।
रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले टेनिस खुल्ला रुपमा आयोजना गरिने जानकारी दिए । बिच भलिबल भने संस्थागत रुपमा आयोजना गर्ने तयारी गरिएको छ । डुंगा दौड विगतमा जस्तै समूहगत नै हुने छ । आर्चरी नयाँ खेलको रुपमा समावेश गरिएको छ । परम्परागत आर्चरी हिमाली क्षेत्रको मौलिक सँस्कृति समेत रहेको उल्लेख गर्दै संस्कृति जगेर्ना गर्न पनि आर्चरीलाई समावेश गरिएको बताए ।
टेनिस प्रतियोगिता गुरुङ टेनिस कोर्ट एवं पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिने छ । बिच भलिबल फेवाताल किनार बाराही खेल मैदानमा सञ्चालन गरिने छ । त्यस्तै आर्चरी पनि बाराही खेल मैदानमा आयोजना गरिने तयारी गरिएको रेबानका सदस्य विरेन्द्र शेचरनले सुनाए । शेरचनका अनुसार ३० मिटर दुरीमा तारो हान्ने प्रतिस्पर्धा हुने छ । परम्परागत तारो हान्ने खेलमा विशेष गरी खोल हान्ने प्रचलन रहेको छ ।
खेलकुद प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गर्ने जनाइएको छ । यदपी पुरस्कार राशी भने समावेश गरिएको छैन् । टेनिस खेलका संयोजक लोकबहादुर गुरुङका अनुसार २५ जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…