
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल
पोखरा-पोखरामा जिल्ला संघहरुसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे सुझाव संकलन गरिरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले समयाभावकले यो वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने अवस्था नभएको स्पष्ट पारेका छन् । बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिवले फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्ला, प्रदेश छनोट र राष्ट्रिय प्रतियोगिताको तयारी गर्न समय अभाव हुने दोेहोर्याए ।
उनले अर्को वर्ष मात्रै राष्ट्रिय प्रतियोगिता गर्न सकिने जिकिर गरे । सदस्य सचिव सिलवालले खेलकुदले परिणाम ल्याउने हो भने खेलकुदमा राज्यले लगानी बढाउनुपर्ने बताए । संघले मात्र नभई प्रदेश र स्थानीय तहले पनि खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिए । सिलवालले खेलकुदको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै खेलकुदमा राजनीति हुनु नहुने जिकिर गरे ।
उनले राजनीतिले खेलकुदलाई बुझ्नुपर्र्नेेमा जोड दिदैं राजनीति बढी हावी हुदाँ खेलकुद कमजोर हुने बताए । उनले कोभिडको असर खेलकुदको पूर्वाधार निर्माणमा परेको समेत बताए । जसका कारण कयौं निर्माणाधीन पूर्वाधारहरु अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको उनको भनाई थियो ।
पोखरा रंगशालाकै फुटबल मैदान दुईवर्ष अघिदेखि शुरु गरिएपनि अझै पुरा हुन सकेको छैन् । कोरोना कहरकै कारण काम रोकिन पुग्दा अझै पूर्णता पाउन समय लाग्ने देखिएको छ । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अझै पनि स्वीमिंग, सुटिंग लगायतका पूर्वाधार तयार पार्नुपर्ने खाँचो छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…