
रोजर फेडेरर ।
एजेन्सी-सन २०२० सकिदैं छ । तीन दिनपछि नयाँ वर्ष शुरुवात हुने छ । सन २०२१ सँगै खेलकुदले नयाँ फड्को मार्ने विश्वास छ । सन २०२१ मै आयोजना हुने अष्ट्रेलियन ओपन टेनिसमा २० ग्राण्डस्लाम उपाधि जितेका रोजर फेडेरर भने उपस्थिति हुने छैनन् । उनले आफनो नाम फिर्ता लिएका छन् ।
दाहिने घुडाँको दुईपटक शल्यक्रिया गरेपछि उनले आफनो नाम फिर्ता लिएका हुन् । उनी चाँडै नै मुख्य प्रतियोगितामा फर्किने अपेक्षा गरेका छन् । पछिल्लो दुई महिनामा उनको निकै सुधार भएको उल्लेख गर्दै आगामी दिनमा छिट्टै मुख्य प्रतिस्पर्धामा फर्किने योजना उनको छ । अष्ट्रेलियन ओपन पछि नै उनी कोर्टमा फर्किने सम्भावना रहेको बुझिएको एसोसियट प्रेसले जनाएको छ ।
आगामी फेब्रुअरी ८ देखि मेलवर्न पार्कमा अष्ट्रेलियन ओपन शुरु हुने मिति तय छ । ३९ वर्षिय फेडेरर विश्व टेनिस फेडेरेशनको शीर्ष पाँचौ स्थानमा छन् । उनी आफैं संयुक्त अरब इमिरेट्सको दुबईमा अफसिजनमा प्रशिक्षण गरिरहेका छन् । उनलाई सन २०२२ मा मेलवर्नमै अष्ट्ेलियन ओपन देख्ने र भेट्ने विश्वास एवं अपेक्षा टेनिसप्रेमीले गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…