
डबल्स तर्फको उपाधि विजेता तथा रेबानका पदाधिकारीहरु ।
पोखरा-भोलिदेखि पोखराको सडक तीन दिन व्यस्त हुन्छ । विशेष गरी ताल किनारको सडक व्यस्त रहन्छ । सडकमै खाने, मनोरन्जन लिने । रेष्टुरेन्ट एण्ड बार एशोसियसन पोखराले सडक महोत्सवकै पूर्वसन्ध्यामा टेनिस प्रतियोगितालाई टुग्याएको छ । बिच भलिबलको तयारीमा जुटेको छ ।
सडक महोत्सवकै अवसरमा आयोजित टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन् । मंगलबार गुरुङ भिलेज टेनिस कोर्टमा भएको फाईनलमा कर्ण तामाङलाई ६–३, ६–४ को सोझो सेटले पराजित गर्दै नगद १० हजारको पुरस्कार जिते । कर्णले ५ हजार रुपैयाँ प्राप्त गरे ।
२२ औं संस्करणको सडक महोत्सवकै पूर्वसन्ध्यामा आयोजना टेनिसको डबल्स तर्फको उपाधि भने नविन चालिसे र नविन श्रेष्ठको जोडीले जितेको छ । नविनद्वयको जोडीले सुर्य भुजेल र विकास गुरुङको जोडीलाई सुपर टाईमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् ।
पहिलो सेट ३–६ ले गुमाएको नविनद्वयको जोडीले दोस्रो सेट ६–३ ले आफनो पक्षमा पार्दै खेललाई सुपर टाईमा धकेले । सुपर टाईमा १०–८ लिदैं नविनको जोडीले उपाधि आफनो नाममा लेखाउन सफल भएको हो । डबल्स तर्फको विजेता जोडीले नगद ७ हजार र उपविजेता जोडीले ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा २६ जना पोखराका टेनिस खेलाडीले प्रतिस्पर्धा गरेका थिए । डबल्स तर्फ १३ टोलीको सहभागिता थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…