
नवीन र आयशा सम्मानित
काठमाडौं-सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।
नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । उनीहरुलाई खेलकुद मन्त्री दावा तामाङ, बागमती प्रदेशका अध्यक्ष पुरी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रशंसा पत्र प्रदान गरे । नवीन तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा आयशा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ दोहोरो स्वर्ण विजेता हुन् । १३ औं सागमै नवीन नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक थिए । १३ औं सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । तेक्वान्दोमा सहभागी सबै २९ खेलाडीले पदक चुमेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री तामाङले सबै मिलेर खेलकुदमा रहेका समस्यलाई समाधान गर्नु पर्नेमा जोड दिदै खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासा गरिसकेको जानकारी गराए । उनले १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ता पनि निकासाका लागि खेलकुद मन्त्रालयले प्रकृया अगाडि बढाइसकेको बताए ।
बागमती प्रदेशका अध्यक्ष पुरीले राष्ट्रिय खेल संघले हासिल गरेको उपलब्धी र कृयाशिलताका आधारमा संघहरुको वर्गिकरण गरी सहयोग गर्नु पर्ने आवश्यकता औल्याए ।
सुमेरुका अध्यक्ष महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए । कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रविन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…