फाइनल पुग्यो बीएफसी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७७ मा प्रकाशित


भरतपुरका जितेश गुरुङ म्यान अफ दी म्याच घोषित

हेटौंडा- सेन्ट्रल कलेज बिएफसी भरतपुर हेटौडा गोल्डकपको फाईनल प्रवेश गरेको छ । मंगलबारको खेलमा हर्दी युवा समाज राप्तीलाई १–० गोलअन्तरले पराजित गर्दै भरतपुर फाइनल पुगेको हो । भरतपुरको जितमा विदेशी खेलाडी ग्लोरीले निर्णायक गोल गरेका थिए । उनले खेलको दशौं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा उनी ५ गोल गर्दै हालसम्म सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

खेलमा राप्तीका गोलरक्षक प्रदीप भण्डारीले एक दर्जनभन्दा बढी प्रहार विफल बनाएपनि अन्तत हार टार्नबाट सकेनन् । खेलमा अधिकांश समय भरतपुरले आफ्नो नियन्त्रणमा राखेको थियो । भरतपुरका जितेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँचहजार रुपियाँ प्राप्त गरे । माघ १६ गते सुरु भएको गोल्डकपमा सेन्ट्रल कलेज बीएफसीले उद्घाटन खेलमा मकवानपुर—११ लाई हराएर विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा कलेजले बाई पाएको एफसी रियाले काठमाडौंलाई पराजित सेमीफाइनलमा स्थान बनाएको थियो । बाई पाएको हर्दी युवा समाज, राप्तीले बाई पाएको बीरगञ्ज युनाइटेडलाई हराउँदै सेमीफाइनलका लागि स्थान बनाएको थियो । बुधबार दोस्रो सेमीफाइनल खेल आयोजक एफसी विजय युथ क्लब हेटौंडा र बागमती युवा क्लब सर्लाहीबीच हुनेछ । आइतबार सर्लाही जिल्ला फुटबल संघलाई हराउँदै विजयले सेमीफाइनलमा स्थान बनाएको थियो । २३ गते फाइनलमा बीएफसीले यी दुई टिममध्ये विजयी टिमको सामना गर्नेछ ।

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टिमको सहभागिता छ । प्रतियोगिता विजेताले नगद तीन लाख, उपविजेताले एक लाख ५० हजार रुपिया“ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले विजय युथ क्लबले जनाएको छ ।