गण्डकी प्रदेश महिला हक्की टिमको घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेश महिला हक्की टिम

पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ । सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको लागि रानाको कप्तानीमा गण्डकी प्रदेश टोली छनोट गरिएको हो ।

टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन् । टिम प्रशिक्षक राजन नेपाली र व्यवस्थापकमा श्रीप्रसाद पुन मगर रहेका छन् ।

तेस्रो सहाना प्रधान स्मृति हक्की प्रतियोगिता यही माघ २८ गतेदेखि फागुन २ गतेसम्म कन्चनपुरको महेन्द्रनगर कभर्डहलमा आयोजना हुने छ । गण्डकी प्रदेश महिला हक्की टोलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक, राखेप कपमा कास्य पदक, हेटौडामा आयोजित प्रतियोगितामा रजत पदक र विरगन्जमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेका छन् ।