
गण्डकी प्रदेश महिला हक्की टिम ।
पोखरा-तेस्रो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । लगातार तीन खेलमा हार व्यहोरेको गण्डकी प्रदेशले आईतबार अन्तिम खेलमा भने सान्त्वना जितसँगै सुखद अन्त्य गरेको छ ।
कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगरमा भएको प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश नं १ लाई २-० गोलले पराजित गरेको हो । गण्डकी प्रदेशको जितमा सोनु बरालले दुवै गोल गरेकी थिईन् । सोनुले पहिलो गोल १५ औं मिनेटमा गरेकी थिईन् । दोस्रो गोल पनि उनलै २५ औं मिनेट गर्दै जित पक्का बनाईन् ।
अधिकांश नयाँ खेलाडीसहित कन्चनपुर पुगेको प्रदेशले अघिल्ला तीन खेल पराजय व्यहोरेको थियो । त्रिभुवन आर्मी क्लबसँग पहिलो, प्रदेश नं २ सगँ दोस्रो र सुदुर पश्चिमसँग तेस्रो खेलमा पराजित भएको गण्डकीले भने प्रदेश १ लाई पराजित गर्दै सान्त्वना जित आत्मसात गर्यो ।
प्रतियोगितामा गण्डकी प्रदेशसहित प्रदेश नं १, त्रिभुवन आर्मी क्लब, प्रदेश नं २, सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । दोस्रो संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता भने पोखरामा आयोजना गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…