
नेपाल पुलिसका बिष्णु कटुवाल
काठमाडौं– एपिएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।
शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो बरियता पाएका बिष्णुले आफ्ना प्रतिद्वन्दि सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को कठिन जित निकाले ।
यसैगरि पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ्ग रहेका छन् ।
पविनले कैलालीका देवराज रानालाई २१-१६, १५-२१, २२-२० ले पराजित गरे । यसैगरि जीवनले सेनका गोकुल जोरालाई २१-१७, २१-१०, रुकेशले भुपु सैनिकका सुरज गुप्तालाई २१-१४, २१-१७, सहरोजले पुलिसका पूर्ण बहादुर थापालाई २१-१७, १८-२१, २१-१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१-१६, २१-७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१-१४, २३-२१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन् ।
तारकेश्वर नगरपालिका १ साङ्गलास्थित साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ धादिङ्गकी तारा आले र सेनाकी प्राथना देउवाले क्वाटरफाईनलमा स्थान बनाए । महिलाको न्यून उपस्थिती रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना के।सी। २१-१०, २१-७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्याल माथि २१-६, २१-७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…