
म्यान अफ दि म्याच अमिर श्रेष्ठ ।
हेटौंडा-साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर, हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजनको मच्छिन्द्र क्लबलाई हराउँर्दै मकवानपुरले फाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेलमैदान भएको खेलमा मच्छिन्द्रलाई आयोजक टोली मकवानपुरले ४–३ गोलले हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मकवानपुरलाई जित दिलाउन अमिर श्रेष्ठले दुई, रुपेश केसी र रञ्जन बिष्टले एक–एक गोल गरेका थिए भने मच्छिन्द्रका सुजन उपरकोटी, अशोक थापा र राजेश परियारले गरेका थिए ।
खेलको १० औं मिनेटमा राजु उपरकोटीको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । तर, २० औं मिनेटमा मकवानपुरका रुपेश केसीले गोल गर्दै खेल बराबरीमा ल्याए । ३५ औं मिनेटमा मकवानपुरका रञ्जन बिष्टले गोलको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको मकवानपुरले दोस्रो हाफमा थप २ गोल गर्दा मच्छिन्द्रले पनि दुई गोल गरेको थियो । निकै रोमाञ्चक बनेको दोस्रो हाफमा मकवानपुरका अमिर श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर परे । ५० औं मिनेटमा मच्छिन्द्रका अशोक थापाले गोल गर्दै ३–२ को स्थितिमा ल्याए ।
६४ औं मिनेटमा राजेश परियारले गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा फर्काएका थिए । तर, त्यो बराबरी धेरै बेरसम्म टिक्न सकेन । मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–३ को जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका मकवानपुरका अमिर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता फाइनल प्रवेश गरेको मकवानपुरले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुनबीचको विजेतासग शनिबार खेल्नेछ । फाइनल प्रवेशका लागि अरास विभागीय टोली आर्मीस“ग बिहीबार भिड्ने पक्का भएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाउनेछन् ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गर्ने भएको हो । व्यक्तिगत् विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार व्यबस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीका लामाले बताए ।
‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइएको राष्ट्रिय फुटबल प्रतियोगिताको यो तेस्रो संस्करण हो । दश वर्षअघि हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता यही हो । २०६२÷०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा हेटौंडामा पहिलोपटक गोल्डकप गरिएको थियो ।
प्रतियोगिता कोरोना भाइरस संक्रमण कारण स्थगित भएको थियो । जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…