
तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस
काठमाडौं-प्रनभ मानन्धर र सुनिरा थापा तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१४ तर्फको विधामा पहिलो भएका छन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजविर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गल्र्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै पहिलो भएका हुन् । शनिबारकै यु–१२ तर्फको फाइनल खेलमा भने दर्शिल श्रेष्ठले बाजी मारे । दर्शिलले बोरिस अधिकारीलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै च्याम्पियन भएका हुन् ।
यस्तै गल्र्स डबल तर्फ इशाश्री शाह र सर्भानी श्रेष्ठ तथा ब्वाइज डबल्समा आरभ सम्राट हाडा र अकि जुबिन रावतले उपाधि जितेका छन् । इशाश्री र सर्भानीले निमिशा ढकाल र आइसा डी। गुरुङमाथि ७–६ र ६–२ जित निकाल्दा आरभ र अकिले प्रनभ मानन्धर र रजवीर प्रधानलाई ६–४ र ६–२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन ।
प्रतियोगितामा आइतबार यु–१६ ब्वाइज र गल्र्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यु–१६ ब्वाइजमा आरभ सम्राट हाडा र अकि जुविन रावत तथा यु–१६ गल्र्समा सर्भानी श्रेष्ठ र रैना शाहबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…