
यु–१९ दुईदिवसीय क्रिकेट सिरिज,ट्रफी सार्वजनिक समारोहमा कप्तानद्वय ।
पोखरा-पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैं छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा तीन टोली सम्मिलित दुईदिवसीय सिरिज हुने छ ।
कास्की क्रिकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा कास्कीको रातो, निलो र हरियो गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । क्रिकेटको विकासमा नयाँ आयाम हुने विश्वास पोखरा क्रिकेट एमेडेमीले लिएको छ । ‘गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी तीन टिममा विभाजन गरी दुई दिवसीय सिरिज आयोजना गरिएको हो’ संघका अध्यक्ष सिग्देलले भने–‘क्रिकेट विकासमा यो नयाँ आयाम हुने अपेक्षा र विश्वास छ।’

संघले कास्की, तनहुँ, नवलपुर, स्याङजा, बाग्लुङ लगायतबाट विभिन्न ६५ जनाबाट खेलाडी छनोट गरिएको थियो । उमेर समूहदेखि नै क्रिकेटको विकास गर्नुपर्ने जनाउँदै संघले दुईदिवसीय खेलको आयोजना गरेको संघले स्पष्ट पारेको छ । ‘कास्की मात्रै नभई गण्डकी प्रदेशकै क्रिकेट विकासको लागि मुख्य प्रायोजन गरेर खेलाडीलाई थप हौसल प्रदान गर्ने जमर्को गरेका हौं ।’ पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले भने–‘एकेडेमीमा ९६ जनाले आवदेन दिएका थिए । ती मध्ये ६५ जनाबाट खेलाडी छनोट गरेर टिम तयार गरिएको हो ।’
कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले कास्कीको क्रिकेट विकासमा सहकार्य गर्ने पाँउदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि क्रिकेट संघ तथा एकेडेमीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए । टिम हरियोको कप्तान सुवास भण्डारी हुन् भने प्रशिक्षक रिजन प्रजु रहेका छन् । त्यसैगरी टिम निलोको कप्तान विकास मुष्कान थापा रहेका छन् । प्रशिक्षकको जिम्मेवारी गोविन्द प्रधान रहेका छन् । टिम रातोको कप्तान विकास अधिकारी र प्रशिक्षकमा विधान श्रेष्ठ रहेका छन् ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले टोलीलाई जर्सी हस्तान्तरण गरेका थिए । भोलिदेखि शुरु हुने प्रतिस्पर्धाको लागि टिम हरियोका कप्तान भण्डारी तथा प्रशिक्षक प्रजुलाई जर्सी हस्तान्तरण गरिएको थियो । विजेताले ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…