केल्मी नेपाल सह प्रायोजक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ५ गते २०८३ मा प्रकाशित


पोखरा- रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपाल सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे । केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले केल्मे नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको र पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामना समेत गरे ।

केल्मी नेपालले केल्मी ब्राण्डको फुटबल, फुटसल जुत्ता, खेलकुद कपडा जर्सी, ट्रयाकसुट, शर्ट, खेलकुदका सामाग्रीहरु ब्याग मोजाको बिक्री वितरण गर्दै आइरहेको र विशेषगरी नेपाली खेलाडी र क्लबहरुले बढी मात्रामा रुचाएको न्यौपानेको भनाई थियो ।

मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्ड केल्मीको आधिकारीक बिक्रेता केल्मी नेपाल संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा केल्मी संग सहकार्य गरेर अगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभार प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।