
पोखरा-सहारा क्लब पोखराले पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिने भएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ ।
शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १० औं संस्करणमा समेत निरन्तरता दिने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहारा क्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमा पोखरेली फुटवलको इतिहाँसको साछी भएकाले पोखरा स्पोर्टस अवार्ड संगा जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…