
फाईनल अघिको प्रेस कन्फ्रेन्समा उपाधि उचाल्दै दुवै टोली ।
पोखरा-आहा रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिस्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसियसन क्यामरुन र संकटा क्लब बीच हुने छ ।
दुवैको एउटै लक्ष्य हो उपाधि उचाल्ने । दुवै टोली पहिलो पटक फाईनलमा पुगेका हुन् । उपाधि आफनो नाममा लेखाएर इतिहास कोर्न दुवै टोली आतुर र संयमित छन् । पोखराको मैदानमा विदेशी टोली र घरेलु ए डिभिजन क्लब फाईनल प्रतिस्पर्धा भने पोखरामा दोस्रो पटक हो । यसभन्दा अघि चौथो आहा गोल्डकपको फाईनलमा अफ्रिकन युनाईटेडले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धामा उत्रिएको थियो । उपाधि अफ्रिकन टोलीको नाममा लेखिएको थियो ।
गोल्डकपमा अफ्रिकन रुट्सको सहभागिता पहिलो हो । संकटाको सहभागिता भने यो छैटौं हो । पाँचौ सहभागितामा फाईनल यात्रा तय गर्न नसकेको संकटा क्लब अहिले भने बलियो प्रतिस्पर्धीलाई पन्छाएर उपाधि यात्रामा आईपुगेको हो । ‘पोखराको मैदानमा उपाधि उचाल्ने लक्ष्यमा छौं– संकटाका प्रशिक्षक सल्यान खड्गीले भने–‘उपाधि विमुख हुन चाहदैनौं ।’ अफ्रिकन टोलीलाई पराजित गर्न सकस हुने भएपनि उपाधिको लागि खेलाडीहरुले प्रदर्शनमा कुनै कसर नराख्ने विश्वास प्रशिक्षक खड्गीको थियो ।
संकटाको टिम यतिबेला निकै सन्तुलनमा रहेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै अघि बढेको संकटाले उपाधि यात्रामा आफुलाई अब्बल बनाएको छ । विदेशी खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ । विदेशी खेलाडीसँग घरेलु खेलाडीको सन्तुलनताले उपाधिमा दाबेदारिता रहने संकटाको विश्वास छ ।
अफ्रिकन टोलीले पनि पोखराको मैदानमा पहिलो सहभागितामै उपाधि उचालेर फर्किने लक्ष्यमा छ । उपाधि उचाल्ने दोस्रो विदेशी टोलीमा आफनो नाम समावेश गर्ने ध्यान केन्द्रीत छ । चौथो बागमती गोल्डकप उचालेर पोखरा आईपुगेको अफ्रिकन रुट्स फाईनलको यात्रासँगै निकै उत्साहित समेत बनेको छ । अफ्रीकाका प्रशिक्षक फाइनललाई लिएर निकै उत्साहित छन् । प्रशिक्षक सिंगे बोरिसले पोखराको गोल्डकपको प्रतिष्ठालाई बुझेको र उपाधिको लागि कडा मेहनत गर्ने स्पष्ट पारे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…