
टस गर्दै ।
काठमाडौं- वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृखंलामा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।
बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रनको जोडेको थियो ।
तर, मलेसियाको इनिङमा पुनः वर्षा भएपछि १० ओभरमा घटाइएको खेलबाट ९२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी सकिएको थियो । वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिएको खेलमा अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो ।
बराबरीको नतिजाले नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ५ अंक छ । मलेसियाले एक अंक जोड्दा शृखंलाको यात्रा समाप्त भएको छ । यद्यपि मलेशियाले बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ । खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्नेछैन ।
यस अघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले राम्रो स्कोर छुन सकेनन् । मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको पारी खेले । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १/१ विकेट लिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…