
तस्बिर फाईल ।
पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए ।
‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन् ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालय समेत खेलकुदका कुनैपनि प्रतियोगितात्मक गतिविधि नगर्न निर्देशन गरेको छ । त्यसलाई पनि पालना गर्दै तयारी गरिएको प्रतियोगिता कोरोना कहर न्युनिकरण नभएसम्म स्थगित गरिएको उनको भनाई थियो ।
जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिले पनि बैशाख ९ गतेदेखि पोखरा रंगशालाभित्र कुनैपनि खेलकुदका गतिविधि नगर्न नगराउन निर्देशसहितको सूचना टाँस गरेको छ । सूचनालाई ध्यानमा राख्दै आगामी जेठ÷असारमा आयोजना गर्ने योजना रहेको सुनाए । ‘जेठमा आयोजना गर्ने योजना छ । कोरोनाको कहरको स्थिति कम नभए असारमा भएपनि गर्नुपर्छ ।’ उनको भनाई थियो ।
प्रदेशस्तरीय एकल प्रतिस्पर्धा गराईने छ । प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ तथा बाग्लुङमा बढी आर्चरी खेलिने गरिएको छ । यद्यपी पछिल्लो समय नवलपुरमा समेत आर्चरीका गतिविधि हुदैं आएको गण्डकी प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेको शेरचनले बताए ।
‘प्रतियोगितामा नवलपुरबाट समेत सहभागिताको लागि खेलाडीहरु सम्पर्कमा आएका छन्–’ उनले भने–‘जति धेरै खेलाडी भए उति नै उत्कृष्ट छनोट गर्न सकिन्छ ।’ उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो चरणको छनोट समेत गराईने छ ।
प्रतियोगितामा ९० जना खेलाडीले नाम दर्ता गरिसकेका थिए । प्रत्येक खेलाडीले १० डोर(३० वटा एरो) प्रहार गर्न पाउँछन् । खेलाडीको प्राप्त गरेको अंकको आधारमा उत्कृष्ट धुनषधरलाई नगद ५ हजार प्रदान गरिने संघले घोषणा गरिसकेको छ । उत्कृष्ट ६४ जना खेलाडीले मात्रै दोस्रो चरणमा प्रतिस्पर्धा पाउने नियम रहेको अध्यक्ष शेरचनले बताए ।
प्रदेशस्तरीय आर्चरी विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् । तेस्रोले नगद १५ हजार र चौथो स्थानमा रहने खेलाडीले भने १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा खेलाईने तय गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…