
रमेश कर्माचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली ।
पोखरा-पोखराको खेलकुद क्षेत्रले फेरी एउटा राष्ट्रिय खेलाडीलाई गुमाएको छ । केही दिनअघि मात्रै फुटबलका प्रशिक्षक विल तामाङलाई गुमाएको पोखराको खेलकुद क्षेत्रले बिहीबार अर्को खेलाडीलाई गुमाएको छ ।
बिहीबार विहान हक्कीका राष्ट्रिय खेलाडी रमेश कर्माचार्यको निधन भएको हो । उनको निधनले कास्की जिल्ला हक्की संघ स्तब्ध बनेको छ । २०४४ सालमा हेटौडामा आयोजित दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी अञ्चल उपविजेता बनेको थियो । उपविजेता बनेको गण्डकी अञ्चलको हक्की टोलीमा कर्माचार्य महत्वपूर्ण खेलाडी थिए । उनले हक्कीखेललाई लामो समय दिन सकेनन् । कर्माचार्यले पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
कमाचार्यले २०३९ सालदेखि हक्की खेल्न शुरु गरेको सहकर्मीहरु बताउँछन् । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामा आयोजना हुदाँ कमाचार्यले गण्डकी अञ्चलबाट डेब्यु गरेका थिए । अञ्चलबाट सँगै खेलेका पूर्व राष्ट्रिय खेलाडी बसन्त प्रधानका अनुसार विभिन्न राष्ट्रिय हक्की प्रतियोगितामा सँगै खेलिएको स्मरण गर्दै कास्कीको हक्कीमा अपुरणीय क्षति पुगेको छ ।
पोखरामा २०३८ सालकै आसपासबाट हक्की खेलको शुरुवात भएको हो । तत्कालिन डा. विरेन्द्रसिह गुरुङ, रन्जित गुरुङ लगायतको सक्रियतामा पृथ्वीनारायण क्याम्पसस्थित अन्नपूर्ण रंगशालामा हक्की मैदान बनाईएको थियो । त्यही मैदानबाट खेल्न शुरु गरेको कमाचार्यले आधा दर्जन राष्ट्रिय प्रतियोगिता खेलेको प्रधानको भनाई थियो ।
पोखरामै आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पृथ्वीनारायण क्याम्पसस्थित हक्की मैदानमा आयोजना गरिएको थियो । त्यतिबेला गण्डकी अञ्चलले पदक भने जित्न सकेको थिएन् । २०४२ सालमा
बीरंगजमा आयोजित तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी अञ्चलले दोस्रो स्थान हासिल गरेको थियो । त्यतिबेला कर्माचार्य समेत अञ्चलको महत्वपूर्ण खेलाडीको रुपमा रहेका थिए ।
त्यसपछि २०४५ सालताका रुपन्देहीमा नेपाल प्रहरीले आयोजना गरेको राष्ट्रिय हक्की प्रतियोगिता, पूर्वाञ्चलको धरानमा आयोजित हक्की राष्ट्रिय प्रतियोगितामा समेत कर्माचार्यसँगै अञ्चलको टोलीमा रहेको सहकर्मी प्रधानले सुनाए । उनका अनुसार कर्माचार्य शालीन, भद्र र अनुशासित खेलाडीको छवि थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…