
पोखरा-खेलाडीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर्दै खेलकुद सम्बद्ध पदाधिकारीले जिल्ला प्रशासन समक्ष आग्रह गरेका छन् । खेलकुदसँग सम्बद्ध संघसंस्थाले १५ सय ३५ डोज खोप उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतका संघसंस्थाका पदाधिकारीले जिल्ला प्रशासन पुगेर खोप उपलब्ध गराउनुपर्ने आवाज उठाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीसँग भेट गर्दै खेलकुदलाई चलायमान बनाउन खेलाडीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि स्वास्थ्यको लागि खेलकुद भन्ने अभियानलाई सार्थकता दिदैं खेलकुद क्षेत्रलाई खुला गरेपछि खोपको माग गरेका हुन् ।
महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार १३ औं सागका प्रदेशका खेलाडी, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि प्रशिक्षकलाई, प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिका पदाधिकारी लगायतलाई गरी १५ सय ३५ खोप माग गरिएको हो ।
खोप उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय सकारात्मक देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले खोपकै अभावमा स्थगित भएका कार्यक्रमलाई टुग्याएपछि खेलाडीलाई उपलब्ध गराईने प्रतिबद्धता जनाए । उनले पहिलो तोकिएको क्षेत्र (जुन स्थगित भएको थियो)लाई उपलब्ध गराएपछि मात्रै खेलाडीले पाउने बताए । चरणबद्ध रुपमा खोप आएको उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शाहीले चरणबद्ध रुपमा खोप लगाउँदै जाने स्पष्ट पारे । खोपको लागि विभिन्न खेल संघले खेलाडीहरुको नामावली संकलन गरेको छ । खोप लगाईसकेपछि खेलकुद क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिईएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…