
काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बीचको विवाद छानविन गर्न गठन भएको समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ ।
पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको समितिले सबै १४ जनासँग बयानको काम सकिएको र प्रतिवेदन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन बुधबार सम्म बुझाउने तयारी भएको समितिकी प्रवक्ता सुवर्ण केशरीले जानकारी दिइन् ।
‘विवाद समाधान गर्न गठन भएको समितिले १४ जनासँगको बयान लिने काम सकिसकेको छ । सबैले उपस्थित भएर बयान दिनु भएको छ,’ छानविन समितिकी प्रवक्ता केशरीले भनिन, ‘करिब करिब प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । आइतबार बुझाउने तयारी गरेका थियौं । सो दिन सार्वजनिक विदा परेकाले बुधबार बुझाउने तयारी हामीले गरेका छौं । प्रतिवेदन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई बुझाउँछौं ।’
झन्डै महिना दिन लागेको छानविन प्रक्रिया धेरै जनासँग बयान लिनु पर्ने भएको लामो भएको प्रवक्ता केशरी थपिन ।
‘धेरैको बयान र डकुमेन्टहरुको अध्ययन गरेर प्रतिवेदन तयार पारिरहेका छौं,’ प्रवक्ता केशरीले भनिन, ‘धेरै जनासँग बयान लिएकाले त्यसलाई भेरिफाइ गरेर प्रतिवेदन बनाउन केही समय लागेको हो । अब अन्तिम चरणमा पुगेको छ बुधबार बुझाउने तयारी गरेका छौं ।’
नयाँ सरकार बनेसँगै रिक्त भएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानले जति सक्दो छिटो छानविन समिति गठन गरेर प्रतिवेदन बुझाउन राखेपलाई निर्देशन दिएको थियो । सोही अनुसार त्यसपछि पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको सात सदस्यीय टोलीले छानविन कार्यलाई तिब्रता दिएको थियो ।
छानविनको क्रममा समितिले मुख्य प्रशिक्षक अबदुल्ला अल्मुताइरी, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, पूर्व एन्फा प्रवक्ता किरण राई, नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ लगाएतका १४ जनाको बयान लिएको थियो । बयान पछि प्रशिक्षकले छानविन समितिको काम आपूmलाई चिक्त बुझेको बताएका थिए भने उपाध्यक्ष नेम्वाङले एन्फामा विवाद हुँदाको बखत समाधान गर्ने समिति हुँदा हुँदै तेस्रो पक्षलाई दिएकोमा असन्तुष्टि जनाएका थिए । छानविनका लागि युवा तथा खेलकुद मन्त्रलायलाई जिम्मा दिने निर्णयमा असन्तुष्ट जनाएको प्रवक्ताले राजीनामा दिइसकेका छन् ।
साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर राजीनामा दिने घोषणा गरेका थिए । तर अल्मुताइरीले सामाजिक सञ्जालमा राजीनामा दिने भने पनि उनले एन्फामा आधिकारिक रूपमा लिखित पत्र बुझाएका छैनन ।
एन्फाले पनि आधिकारिक राजीनामा पत्र नआएका कारण प्रशिक्षकद्वारा सामाजिक सञ्जालमा दिइएको राजीनामा अमान्य भएको जनाइरहेको छ । यस कारण नै प्रशिक्षक पोखरामा राष्ट्रिय टोलीलाई प्रशिक्षण गराइरहेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…